नेपाल अधिराज्य भर छरिएर रहेका सम्पूर्ण कोरियन भाषा प्रशिक्षण केन्द्रहरू तथा प्रशिक्षकहरूलाइ संगठित गर्दै ई.पि.एस. प्रणालीमा भएका व्यावहारिक समस्याहरूलाइ समाधान तथा सुधारका निम्ति सम्बन्धित निकायहरू सँग सुमधुर सम्बन्ध कायम गर्दै विद्यार्थी र सम्बन्धित निकायको बिचमा रहेर समन्वयकारी भूमिका खेल्ने उद्देश्यको साथ यस “कोरियन भाषा प्रशिक्षण केन्द्र राष्ट्रिय संघ” नामक गैर नाफामुलक सामाजिक संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौँमा संस्था दर्ता ऐन २०३४ बमोजिम मिति २०८२ साल जेष्ठ २६ गते दर्ता भइ आधिकारिक रूपमा संचालनमा आएको कुरा जानकारी गराउँदछौँ ।
यो संस्था विशुद्ध सामाजिक सेवा भावले ई.पि.एस. प्रणाली सम्बन्धित समसामयिक विषयमा विद्यार्थी, प्रशिक्षक, प्रशिक्षण केन्द्र, सम्बन्धित निकायको बिचमा रहेर सामुहिक हितको निम्ति कार्य गर्दै ई.पि.एस. प्रणालीलाइ थप मजबुत गराउने उद्देश्यको साथ अगाडी बढ्नेछ । साथै आगामी दिनमा सम्बन्धित सबै पक्ष सँग सहकार्य गर्दै अगाडी बढ्ने प्रितवद्धता व्यक्त गर्दछौँ ।